
तेस्रो पार्टीका रूपमा अहिले माओवादीलाई कांग्रेस वा एमालेसँग मिल्नैपर्ने बाध्यता रहेको पनि उनले बताए । 'अहिले चाबी त हाम्रै हातमा छ । तर कि कांग्रेससँग मिल्नुपर्ने कि एमालेसँग मिल्नुपर्ने अवस्था छ । हामीसँग चाबी त छ तर खोल्नका लागि अरु कसैको साथ चाहिने अवस्था छ,' उनले भने ।