काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्नो पार्टी फेरि सत्तामा पुग्ने बताएका छन् ।मंगलबार कांग्रेस नेता नवीन्द्रराज जोशीको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सत्ता गठबन्धन स्थायी नहुने भएकाले कांग्रेस फेरि सरकारमा पुग्ने बताएका हुन् ।‘पर्खेर बसौं–कांग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पुर्याउँछ । त्यसका निम्ति हतार नगरौं । अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चीरस्थायी हुँदैन । चिरञ्जीवी हुँदैन । उहाँहरु आफैंमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ’, उनले भने ।
नेता पौडेलले कांग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने धारणा राखे ।नेपाली कांग्रेस सत्तामा जाँदैगर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो ? भन्ने कुरा प्रष्ट हुनुपर्छ । अहिले देखिएका बेथितिहरुको अन्त्य कसरी गर्ने हो ? त्यसको फेहरिस्त हामीसँग हुनुपर्छ’, नेता पौडेलले भने ।
ADVERTISEMENT