
अर्थ मन्त्रालयका अर्जुन प्रसाद भट्टराईलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका सहसचिव ढुण्डी प्रसाद निरौला, वन तथा वातावरण मन्त्रालयका शिव लाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायण प्रसाद सापकोटाको अर्थ मन्त्रालयमा सरुवा भएको छ । अर्थमा सरुवा भएका सहसचिवहरुको जिम्मेवारी भने तोकिएको छैन । सामान्यमा पुगेका भट्टराईले अतिरिक्तमा हाजिर गरेका छन् ।