
उनीहरू २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए । मेरिट लिस्टमा अगाडि रहेका क्षेत्री र रंजितकारलाई पछाडि पारेर ९ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र १२ औँ नम्बरका विनोद घिमिरेलाई बढुवा सिफारिस गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको दबाबमा मेरिटको आधारमा बढुवा गर्ने अडानबाट आईजीपी कुँवर पछि हटेका छन् । मेरिट कायम राखेर बढुवा गर्ने वा शक्तिकेन्द्रका निकटलाई बढुवा गर्ने भन्नेबारे मतभेद हुँदा लामो समयदेखि बढुवा रोकिएको थियो ।