वासिङटन डीसी । विश्वभरका शीर्ष कम्पनीहरूको वित्तीय अनियमितता र धोकाधड्रीधबारे सनसनीपूर्ण खुलासा गर्ने अमेरिकी शर्ट शेलिङ कम्पनी हिन्डरबर्ग रिसर्च बन्द भएको छ । कम्पनीका संस्थापक नेट एन्डर्सनले बुधबार कम्पनी बन्द भएको घोषणा गरेका हुन् । आफूले सुरु गरेको आठ वर्षमै कम्पनीलाई ‘डिस्ब्इान्ड’ गरेको उनले बताएका छन् । सन् २०२३ मा कम्पनीले भारतीय अर्बपति व्यापारी गौतम अदानीको कम्पनी अदानी समूहमाथि वित्तीय अनियमितता र धोकाधडीको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गरेको थियो । यो विष्फोटक प्रतिकवेदनपछि अदानी र अदानी समूहले अर्बौ डलर गुमाएका थिए ।
कम्पनी बन्द गर्नु पछाडिको कारण एन्डर्सनले खुलाएका छैनन् । तर भविष्यमा घरपरिवार र साथीभाइसँग बढी समय बिताउने इच्छा व्यक्त गरेका छन् । सन् २०१७ मा स्थापना भएलगत्तै हिन्डनबर्ग रिसर्चले विद्युतीय ट्रक निर्माता कम्पनी निकोला कर्पोरेशनलगायत विश्वका केही ठुला कम्पनी र व्यवसायमाथि वित्तीय अनियमिताको आरोप लगाएको थियो । गएको वर्ष कम्पनीले भारतीय शेयर बजार नियामक सेबीकी प्रमुख माधवी पुरी बुचमाथि अदानी समूहले प्रयोग गरेको अफशोर फन्डसँग सम्बद्ध रहेको आरोप लगाएको थियो । यस आरोपको बुच र अदानी दुबैले खन्डन गरेका थिए ।
ADVERTISEMENT