मधेस प्रदेशका ५० प्रतिशत नेता आफ्नो पक्षमा रहेको अशोक राई
zeenepal
२०८१ बैशाख २७,
9
Shares
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मधेस प्रदेशमा पचास प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । जसपा नेपालबाट विभाजित भएर नयाँ पार्टी बनेपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सो दाबी गरेका हुन् ।
निर्वाचन आयोगले दल स्पष्ट हुनका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनको समय दिइसकेको उल्लेख गर्दै उनले त्यस अवधिमा मधेस प्रदेशका थुप्रै नेता तथा कार्यकर्ता आफ्नो पक्षमा आउने दाबी गरे ।