वीरगंज - सशस्त्र प्रहरीले वीरगंजबाट ११ लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा र मातहतका युनिटहरुबाट खटिएका टोलीले ११ लाख ३५० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ बाट विभिन्न सामग्री बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । २ लाख बराबरको ना. २ ह ६०७२ नम्बरको अटो र २६ हजार बराबरको कुर्ता सुरुवाल वीरगंज भन्सार कार्यालयमा बुझाइएको सिंहले बताए ।
सोही गुल्मबाटै खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्टबाट अवैध रुपमा नेपालबाट ठेलामा लोड गरी भारततर्फ लैजादै गरेको अवस्थामा १ लाख १७ हजार बराबरको ट्रकको डिस, पुरानो ब्याट्रि लगायतका कवाडहरु नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताए ।
वीरगंज महानगरपालिका वडा नम्बर २ भगुवाबाट बिओपी सिर्सियाको टोलीले २ लाख ३० हजार ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो । त्यस्तै ३० हजार ८ सय रुपैयाँ बराबरको १५४ पिस मोटरसाइकलको साईड लाईट बरामद गरिएको हो । वीरगंज महानगरपालिका वडा नमबर १७ अलौबाट प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले २ लाख ३१ ह्जार ८३० रुपैयाँ बराबरको कपडा, हार्डवेयर र किराना सामान नियन्त्रणमा लिइएको छ ।
जगरनाथपुर गाउँपालिका वडा नम्बर दसौताबाट प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले ६४ हजार ६७० रुपैयाँ बराबरको आयुर्वेदिक औषधी बरामद गरिएको हो ।
त्यस्तै पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ भेडाहा खोलाको किनारबाट सुरक्षा बेश बेलवाबाट खटिएको टोलीले २ लाख बराबरको ८० क्युबिक फिट सालको गोलीया नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
ADVERTISEMENT
