
उनले संघीय लोकतान्त्रिक गणतन्त्र आउॅंदा पनि हरेक ६/६ महिनामा सरकार परिवर्तन भईरहनु अनुचित रहेको बताए । ‘यसको जिम्मेवार कांग्रेस/कम्युनिस्ट र माओवादी हो, राजनीतिक स्थिरता कायम राख्न सकेनन्’ उनले भने, ‘कांग्रेस-कम्युनिस्ट र माओवादी हमेसा संघियतालाई उल्ट्याउने भूमिका गरे अनि अहिले उनीहरु संघियता समाप्त पार्न दिन गनेर बसिरहेका छन् ।’