काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो काम भनेका छन् ।सोमबार संसद्मा सम्बोधनपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो त लाजमर्दो कुरा भयो, देशकै बेइज्जत भइराखेको छ, सरकारको त कुरै छोडिदिनुस्, लाज पचाएको जस्तो भएको छ ।उनले थपे, ‘सुशासन आयोगको अध्यक्ष भनेर सरकार आफैं बस्ने आफ्नै क्याबिनेटका मन्त्रीहरूको खुलेआम अडियो र भिडियो बाहिर आउँदा पनि केही गर्न नसक्ने भनेपछि यो भन्दा कमजोर, लाचार र निरीह सरकार अरु हुनै सक्दैन ।
प्रचण्डले सरकारले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टीआरसी विधेयक पास गर्नेबाहेक केही काम गर्न नसकेको टिप्पणी पनि गरे ।सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक गत भदौ ७ गते पारित गरेको थियो । उनले टीआरसी विधेयक पारित गरेकोमा सरकारलाई धन्यवाद दिएको स्मरण पनि गरे ।प्रचण्डले संक्रमणकालीन न्याय टुंग्याउने कुरामा सरकारसँग केहीपनि साँठगाँठ नगरेको जिकिर गरे ।टीआरसीसँग फेरि विभिन्न प्रकारका अरू-अरू पनि साटिए, बेला बेला कुलमान साटिए भनेर भन्ने चर्चा पनि छ। त्यो होइन। बिल्कुल गलत कुरा हो,’ उनले भने ।
ADVERTISEMENT

