वीरगञ्ज - सगरमाथा स्कूल, वीरगञ्ज–१२, मुर्लीस्थित ब्लक ‘बी’ मा आज रक्षा बन्धनको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरिएको छ। नेपाली संस्कृति, भाइचारा र आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको यो कार्यक्रम यस वर्ष पनि विद्यार्थीहरूको सक्रिय सहभागिता र रचनात्मक प्रस्तुतिसहित विशेष रुपमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता सगरमाथा स्कूलका संस्थापक निर्देशक तथा नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष श्री जियालाल गुप्ताले गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई संस्कार, परम्परा र आधुनिक शिक्षाबीच सन्तुलन कायम गर्दै अघि बढ्न प्रेरणा दिने खालका गतिविधिहरूमा निरन्तर सहभागी हुन आग्रह गर्नुभयो।
प्रमुख अतिथिका रूपमा नागरिक दैनिकका सम्पादक एवम् वरिष्ठ पत्रकार राजेन्द्र सिंह राजपूत सहभागी हुनुहुँदा, विशेष अतिथि तथा निर्णायकको भूमिकामा मुकेश महतो, कालिका टाईम्सका पत्रकार दिपु वर्णवाल, निर्णायक करिश्मा शाह तथा डाइमेंशन स्कूलका संस्थापक बसन्त चौधरीज्यू रहनुभएको थियो।
कार्यक्रममा सीनियरतर्फ ब्लु हाउसले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्यो, दोस्रो स्थानमा पनि ब्लु हाउस नै रह्यो भने रेड हाउसले तेस्रो स्थान प्राप्त गर्यो। जुनियरतर्फ ब्लु हाउसकी रोशनी साहले पहिलो स्थान प्राप्त गर्दा, रेड हाउस र ग्रिन हाउस संयुक्त रूपमा दोस्रो स्थानमा रहे। ग्रिन हाउसले तेस्रो स्थान जित्यो।
प्रतिस्पर्धात्मक प्रस्तुति, सौन्दर्य, रचनात्मकता र संस्कारको आधारमा मूल्यांकन गरिएका प्रस्तुतिहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए। विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा निर्णायक मण्डलको हातबाट प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो।
कार्यक्रमको आकर्षक उद्घोषणा विद्यालयका को–अर्डिनेटर सञ्जीव यादवले गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई नेपाली संस्कृतिको मूल्य र महत्त्व बुझ्दै त्यसको संरक्षणमा लाग्न अनुरोध गर्नुभयो।
कार्यक्रमले विद्यार्थीहरूमा आपसी समझदारी, सौहार्दता र सहकार्यको भावना विकास गर्न ठूलो योगदान पुर्याएको विद्यालय व्यवस्थापनको विश्वास छ। विद्यालयले भविष्यमा पनि यस्ता सांस्कृतिक तथा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।