वीरगंज - पर्साको वीरगंज महानगरपालिका वडा ११ श्रीपुरमा सञ्चालनमा रहेको रोयल एकाडेमी स्कूलको मंगलबार वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ।
होटल क्लासिक बनक्युटमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिकापालिकाका शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्णले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै स्कूलले सामाजिक र सांस्कृतिक क्षेत्रलाई समेटेर कार्यक्रमको आयोजना गरेकोले स्कूलका सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए। उनले विद्यार्थीहरुलाई पढाइको साथ साथै अतिरिक्त क्रियाकलापको आवश्कता भएको हुनाले यो स्कूलले यो क्षेत्रमा पनि राम्रो काम गरेर देखाएको हुनाले आगामी दिनमा पनि यस्तै कार्यक्रमले अगाडि बढन आग्रह गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले वीरगंज महानगरपालिकापालिका पनि यस वर्ष साक्षर महानगर घोषित गर्ने लक्ष्य राखेको हुनाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले यसपालिको कक्षा ८ को परीक्षा फरक ढंगले गर्न गइरहेको हुनाले विद्यार्थीहरुलाई अझ बढी ध्यान दिएर परीक्षाको तयारी गर्न आग्रह गरेका थिए । कार्यक्रममा सामाजिक अभियन्ता ओमप्रकाश सराफ, प्रकाश थारु , डाक्टर लक्ष्मी गुप्ता, प्रोफेसर ओम श्रेष्ठ , सञ्चारकर्मी अजित भुजेल, सूर्यनारायण बिक लगाएको उपस्थिति रहेको थियो । कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुले निर्त्य, कला, संस्कृतिक, राष्ट्रिय झल्किने कला प्रस्तुत लगायतको कार्यक्रमबाट अभिभावक र दर्शकको मन जित्न सफल भएका थिए । वार्षिक कार्यक्रमममा सहभागी भएका विद्यार्थीहरूलाई स्कूलले सम्मानित पनि गरेको थियो ।
आजको कार्यक्रममा अभिभावकहरु पनि आफ्ना बच्चाहरूले विभिन्न क्रियाकलाप गरेको देखेर रमाएका थिए । कार्यक्रम स्कूलका व्यवस्थापक सनम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने व्यवस्थापक स्कूलका प्रधानाध्यापक बिजया ओझैयाले गर्नु भएको थियो । कार्यक्रमलाई सफल बनाउनमा स्कूलका शिक्षक, शिक्षिका, व्यवस्थापक टीम लगायतले सहयोग गरेका थिए ।
ADVERTISEMENT