वीरगञ्ज - परिवर्तन नेपाल फाउंडेशन संस्थालेले वडा प्रहरी कार्यालय विर्तासँगको सहकार्यमा सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्सा जिल्लामा लागूऔषध दुर्व्यसन र साइबर अपराध नियूनिकरणका लागि जनचेतना फैलाउन शुरु गरेको छ ।
संस्थाले मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित नेपाल राष्ट्रिय विधापिठका विद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसन र साइबर अपराध सम्बन्धि अभिमुखीकरण गरेको छ ।
विद्यालयको कक्षा ८ र ९ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिदुर प्रसाद सिवाकोटीले लागूऔषध सेवनबाट गर्दा शारीरिक, मानसिक, आर्थिक, सामाजिक सबै खालको असर र प्रभावका बारेमा बताए ।
इन्स्पेक्टर सिवाकोटीले विद्यार्थीहरुलाई लागूऔषधका प्रकार, प्रयोगको अवस्था र असर सम्बन्धमा पनि प्रस्तुतीकरण गरे । त्यस्तै उनले लागूऔषधको कारोबार र सेवन गर्नेहरूका लागि कानुनी सजायको व्यवस्था सम्बन्धी समेत जानकारी गराए ।
सिवाकोटीले विद्यार्थीहरुलाई सामाजिक सञ्जाल र इन्टरनेट चलाउँदा संवेदनशील हुँदै सतर्कता अपनाउन र साइबर क्राइमका बारेमा समेत बताए । पछिल्लो समय युवा युवती इन्टरनेटको माध्यमबाट विभिन्न अपराधिक गतिविधिमा समेत संलग्न भएको बताउँदै उनले त्यस्तो गतिविधिको बारेमा जानकारी पाउन साथ नजिकको प्रहरी चौकीमा पुगेर जानकारी गराउन आग्रह पनि गरे ।
विद्यार्थीहरुबाट उठेको जिज्ञासाको उत्तर दिँदै उनले प्रहरीलाई आफ्नो साथी सरह ठानेर आवश्यकता परेको जुनसुकै बेला निर्धक्कसँग सम्पर्क गर्न आग्रह गरे ।
परिवर्तन नेपाल फाउंडेशनका अध्यक्ष रणधीर वर्णवालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष शुशील पटेल,सदस्य अनिकेत पटेल, आकाश यादव,सगर साह,आशिष साह लगायतको सहभागिता भएको थियो ।
ADVERTISEMENT