वीरगञ्ज - स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले बिहीबार साँझ वीरगञ्जको वडा नम्वर १० ठाकुरराम क्याम्पस पछाडी बजरंग टोलमा घरदैलो गरेका छन् ।मतदाताको घरदैलोमै पुगेर स्वतन्त्र उम्मेद्वार सिंहले लालटेनमा मतदान गर्न आह्वान गरे । उनले दल र दलका उम्मेद्वारकै कारण देश र क्षेत्रको विकास हुन नसकेकाले विकास र समृद्धिका लागि अब स्वतन्त्रलाई जिताएर पठाउन आवश्यक रहेको बताए ।
घरदैलोमा पुग्दा मतदाताले स्वतन्त्र उम्मेदवारलाई सिंहलाई फुलमाला लगाएर स्वागत गरेका थिए ।
मतदातासँग प्रतिकृया दिँदै स्वतन्त्र उम्मेद्वार सिंहले आफ्नो मुख्य एजेण्डा शिक्षा, स्वास्थ्य निशुल्क बनाउने भन्दै कृषि, रोजगार, पर्यटन प्रवद्र्धन प्राथमितामा राखेर काम गर्ने बताए ।
भौतिक निर्माणका कामलाई सम्बन्धित मन्त्रालय र निकायको समन्वयमा काम गर्ने भन्दै उनले मतदाताको सल्लाह बमोजिम नै आफू अघि बढ्ने उनले बताए ।घरदैलो अभियानमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।
ADVERTISEMENT