नेपालगञ्जमा ट्रकको ठक्करबाट १८ वर्षीय किशोरको मृत्यु
zeenepal
२०७९ पुष १६,
45
Shares
नेपालगञ्ज पोष । बाँकेको नेपालगञ्ज स्थित भानुभक्त चोकमा ट्रकको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएको छ ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोडको भानुभक्त चोक नजिकै बिहान करिब ११ बजेकाे समयमा ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट साईकल चालकको ज्यान गएको घटनास्थिलमा मुचुल्का उठाउन पुगेका ट्राफिक प्रहरी ओम प्रसाद पौडेलले बताए ।
स्थानिय अनुसार न्यूरोड हुदैँ एउटै दिशामा जादैँ गरेका ट्रकले साईकललाई ठक्कर दिएको थियो । दुर्घटना लग्त्तै स्थानियले दैलेखको नारायण नगरपालिका-५ हाल नेपालगञ्ज १८ बस्ने १८ वर्षीय तेजन थापा मगरलाई भेरी अस्पताल लगिएको थियो ।
घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ भने अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिसपी राम प्रसाद धर्तिमगरले जानकारी दिए ।