काठमाडौं । राजावादी नेताहरुले आगामी १५ जेठदेखि सुरु हुने आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने विश्वास दिलाएका छन् ।राष्ट्रिय मानव अधिकार आयोग पुगेर आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने विश्वास दिलाएका हुन् । सँगै उनीहरुले आन्दोलनको स्वतन्त्र र सुक्ष्म पर्यवेक्षण गरिदिन पनि आग्रह गरेका छन् संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका कमल थापा र राष्ट्रिय शक्ति नेपालका केशवबहादुर शिष्ट आयोगको कार्यालयमा पुगेका थिए ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार नेताहरुले १५ जेठको आन्दोलनमा सत्ता पक्षबाट हुनसक्ने गतिविधिबारे समेत पर्यवेक्षण गर्न आग्रह गरेका छन् ।आयोगको ध्यानाकर्षण गराउँदै नेताहरुले राजसंस्थावादी शक्तिको आन्दोलनलाई लिएर सरकारका तर्फबाट व्यक्ति भएका अभिव्यक्तिहरु नै हिंसाप्रेरित देखिएको भन्दै राज्यको रवैयाको समेत प्रभावकारी अनुगमन गर्न आग्रह गर्नुभएको छ’, श्रेष्ठले जारी गरेको बक्तव्यमा उल्लेख छ ।
ADVERTISEMENT

