काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद् रेखा शर्माले सत्तारुढ दल नेकपा एमालेले संसद् खुलाउन नचाहेको बताएकी छन् । बुधबार प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेकी सांसद शर्माले यस्तो बताएकी हुन् । शर्माले केही दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधलाई पेलेर लिने एमालेले मंगलबारको बैठक भने रास्वपाको विरोधको बहाना बनाएर निजामती सेवा विधेयकलाई अघि बढाउन नखोजेको आरोप समेत लगाइन् ।
उनले भनिन्, ‘नेकपा (एमाले) संसद् खुलाउन चाहेको छैन । हामीले विरोध जनाउँदासम्म बहाना भइरहेको थियो । हिजो निजामती सेवा विधेयकमाथि छलफल गरेर पारित गर्ने कार्यसूची भएकाले किन रोकियो संसद् बैठक ? यत्रा दिन रास्वपाको नारा जुलुसका बिचमा पनि पेलेर लिनेले हिजो किन पेलेर जान सकेन ? समितिबाट २ वर्ष कुलिङ पिरियड पारित भइसकेको छ । समितिका सभापतिको अडान पनि कायमै छ । तर, कुलिङ पिरियड राख्न प्रधानमन्त्री केपी शर्मा ओली नै रुचाउनुहुन्न ।’
ADVERTISEMENT

