बुटवल । विद्युतको खपत कम हुँदा पनि तुलनात्मकरुपमा बिलिङ धेरै आएको भन्दै रुपन्देहीका होटेल व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरण बुटवलमा ज्ञापनपत्र बुझाएका छन् । नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीको एक टोलीले प्राधिकरणको बुटवल कार्यालय प्रमुख कपिलराज पाण्डेलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
व्यवसायिक प्रयोजनको मात्र नभई घरायसी प्रयोजनको विद्युत महसुल पनि असार महिनाको अघिल्लो महिनाको भन्दा दोब्बर तेब्बर आउने समस्या विगत वर्षदेखि नै रहेको तिलोत्तमा नगरपालिका–४ का बुद्धिजिवी यमलाल भुसाल बताउँछन् ।व्यवसायीको ज्ञापनपत्र बुझेपछि कार्यालय प्रमुख कपिलराज पाण्डेले व्यवसायीका माग र समस्या सम्बोधनका लागि साउन महिनामा खपत हुने विद्युतको मात्रा बारे प्राधिकरण र व्यवसायी दुबैले तथ्यांक राखेर तुलना गरी समाधानको उपाय निकाल्ने बताए । त्यसबाट पनि चित्त नबुझे थप अध्ययन गर्न सकिने बताए ।

