नेपालगन्ज सवान । बाँकेको नेपालगन्जमा अन्तरराष्ट्रिय स्तरको विमानस्थल तयार हुँदा पनि उडान नपाएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको खबर प्रकाशित भएसँगै नेपालगन्ज दिल्ली उडानको माग पुनः उठान गरिएको छ । प्रधानमन्त्रीको आगामी भदौ अन्तिम साता भारत भ्रमणमा जाने खबर सार्वजनिक भएसँगै नेपालगन्ज दिल्ली हवाई उडानको मागको चर्चा सुरु भएको हो ।प्रधानमन्त्री ओली भदौ ३१ मा नयाँदिल्ली प्रस्थान गर्ने तय भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओलीलाई दुई दिने भ्रमणको टुंगो लागेको हो । २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले पद सम्हालेको १४ महिनापछि भारतीय समकक्षीको निम्ता पाएका छन् । पर्यटन व्यवसायी र सम्बद्ध व्यवसायीहरुले उठाउँदै आएको नेपालगन्ज दिल्ली हवाई उडानलाई प्रधानमन्त्री ओलीको भारत भ्रमणमा एजेण्डा बनाउन पहल गर्न नेपालगन्जमा भेला आयोजना गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा नेपालगन्ज र दिल्लीबीच सिधा हवाई उडानको विषयलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा समावेश गर्न पहल थालिने भएको हो ।
विगतमा पटकपटक कुरा उठे पनि ठोस निष्कर्षमा पुग्न नसकेको यो मुद्दालाई यसपटक भने नेपालगन्ज उद्योग वाणिज्य संघ र नेपाल भारता मैत्री संगठन अन्तर्राष्ट्रिय कमिटीको अगुवाईमा कार्यबिभाजन नै गरेर सक्रियता देखाइएको छ । त्यस सम्बन्धमा कार्ययोजना बनाउन बुधवार सर्वपक्षीय बैठकको आयोजना गरि बिभिन्न निर्णय गरिएको नेपालगन्ज उद्योग ािणिज्य संघका महासचिव भीमबहादुर रानाभाटले बताए । नेपालगन्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा ’नेपालगन्ज–दिल्ली उडान दबाब समूह’ गठन गरेको थियो ।बैठकले सबै राजनीतिक दलहरुलाई समन्वय गरेर प्रधानमन्त्रीसम्म एजेण्डा, आवश्यकता र प्रभावकारिता सहित पुग्ने गरि योजना बनाएको उनले बताए । बैठकमा धारणा राख्दै नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले ऐजेण्डाहरु जसरी प्राथमिकताका साथ उठाइन्छ, त्यसको टुंगो नलागुञ्जेल छाड्न नहुनेमा जोड दिए ।
बाँके काँग्रेसका सचिव सुधाँशु कोइरालाले सबै दललाई विकासका सवालमा एकै ठाउँमा उभिन जरुरी रहेको बताए । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको बैठकमा भारत मैत्री संगठन अन्तर्राष्ट्रिय सदस्य आशिष कुमार गुप्ताले भने कि नेपालगञ्ज दिल्ली उडानले भारत सरकारको रोटीबेटीसम्म अझै विस्तार हुने र व्यापारिक नाताहरू विस्तार हुने म देखेको छु यो अवसर भारत सरकारले सकारात्मक सन्देश प्रवाह गरेमा अझै नेपाल भारतको सम्बन्धमा यो उडानले धेरै समस्याहरूको समाधान गर्ने छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको बैठकमा भारत मैत्री संगठन अन्तर्राष्ट्रिय सदस्य आशिष कुमार गुप्ताले भने कि नेपालगञ्ज दिल्ली उडानले भारत सरकारको रोटीबेटीसम्म अझै विस्तार हुने र व्यापारिक नाताहरू विस्तार हुने म देखेको छु यो अवसर भारत सरकारले सकारात्मक सन्देश प्रवाह गरेमा अझै नेपाल भारतको सम्बन्धमा यो उडानले धेरै समस्याहरूको समाधान गर्ने छ भने नेपालगन्जलाई ’मानसरोवर गेटवे’ को रूपमा स्थापित गर्नका लागि नेपालगन्ज– दिल्ली सिधा उडान अपरिहार्य मानिएकोे बताए ।
यसले विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएकाले सबैलाई समेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण आवश्यक भएको बैठकमा औल्याइएको छ । त्यसका लागि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिको संयोजकत्वमा पूर्व अध्यक्ष झलक गैरे, नेपाली काँग्रेस बाँकेका सचिव सुधाँशु कोइराला, पत्रकार शरण कर्माचार्य, शंकर खनाल, आशीष गुप्ता र विज्ञ हरि सुवेदी सदस्य रहेको अध्ययन प्रतिवेदन निर्माण समिति गठन गरिएको छ ।
यो समितिले १० दिन भित्र नेपालगन्ज–दिल्ली उडानको आवश्यकता, औचित्य र महत्वबारे अध्ययनसहितको प्रतिवेदन तयार पार्नेछ । जुन प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिनेछ । त्यस्तै, नेपालगन्ज– दिल्ली उडानको मागलाई निरन्तर छलफल र बहसका माध्यमबाट निष्कर्षमा पुर्याउन दबाब सिर्जनाका लागि आवश्यक कार्ययोजनाका लागि संघका महासचिव रानाभाटको संयोजकत्वमा संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नेपालगन्ज उप–महानगरपालिकाकी निवर्तमान उप–प्रमुख उमा थापामगर र स्थानीय शासन विज्ञ मीनबहादुर मल्ल सदस्य रहेको समिति गठन गरिएको छ । तीनै तहका सरकारसँग सहकार्य गरेर यसलाई सफल बनाउने गरि अगाडी बढ्ने निर्णय भएको समुहका सदस्य–सचिवसमेत रहेका रानाभाटले स्थानीय सरकारका प्रमुख, प्रदेश सभाका सदस्यहरु र बाँकेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्ने निर्णय भएको बताए ।

