काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले 'समृद्ध नेपाल र सुखी नेपाली' बनाउनेभन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताएका हुन् । हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा अघि बढेका छौँ । हामी नेपाललाई समृद्ध बनाउन चाहन्छौँ, आधुनिक बनाउन चाहन्छौँ । विकसित बनाउन चाहन्छौँ । यहाँका जनतालाई सुखी बनाउन चाहन्छौँ । यो भन्दा ठूलो र पवित्र उद्देश्य हुन सक्दैन,’ उनले भने ।
उक्त उद्देश्य प्राप्त गर्नका लागि हामीले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको गन्तव्य राखेको पनि प्रधानमन्त्री ओलीले बताए । उनले अघि भने,नेपाल निरोगी जनताको, निरोगी पशुपंक्षीहरूको, वनस्पतिहरुको, निरोगी माछा, चराचुरुंगी आदि सबैको निरोगी नेपाल हुनुपर्छ ।

