काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सामाजिक अभियन्ता ईः ईः को एक पोस्टमा कमेन्ट गर्दै आफै नेता बन्न आग्रह गरेका छन् । उनले मिलेर आए ईः ईःलाई अध्यक्ष बनाएर आफू कार्यकर्ता रहन तयार रहेको बताएका हुन् ।
ईः ईःले सामाजिक सञ्जालमार्फत केपी ओली र बालेनको राजव्यवहारमा कुनै अन्तर नरहेको बताएका थिए । उनले लेखेका छन्– समयले मलाई गलत प्रमाणित गरोस् भन्ने आशा सहित यो भन्दै छु- केपी, बालेन, दुर्गा जस्ता पात्रहरूबिच फेस भ्याल्यूमा वैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन । तिनीहरू आफ्नो अटलता र बर्चस्व कायम गर्न जुनैपनि हदसम्म जान तयार हुन सक्छन्। यस्ता पात्रले प्रस्तुत गर्नसक्ने भन्दा विकसित र गतिशील नेतृत्वको काबिल बन्न हाम्रो समाजमा, हर मनमा गम्भीर आत्मसमीक्षा जरूरी छ। यी केवल आम हिपोक्रिसीको ऐनामात्र हुन् ।
ADVERTISEMENT

