काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने बताएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकमा उनले यस्तो बताएका हुन् ।अध्यक्ष लिङ्देनले संविधान असफल भइसकेको र यही निर्वाचन प्रणाली कायम राखेर हुने निर्वाचनले मुलुकलाई थप संकटमा धकेल्ने जिकिर गरे ।उनले यथास्थितिमा निर्वाचन मुलुकको समस्या समाधान गर्ने माध्यम हुनै नसक्ने बताए ।
ADVERTISEMENT

