काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनका अनुसार मुलुकका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् । उनले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भुमिका खेलेका कारण निर्वाचनको माहोल देउरालीसम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने (निर्वाचन सम्पन्न हुने) विश्वास व्यक्त गरे ।जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उनको भनाइ छ।
ADVERTISEMENT

