रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नं. ३ मा प्रारम्भिक मतगणनामा हालसम्म ५१९ मत गणना भइसकेको छ।प्रारम्भिक परिणाम अनुसार जसपा नेपालका उम्मेदवार गोविन्द चौधरीले अग्र स्थानमा देखिएका छन्। जसपाले १८५ मत प्राप्त गरेको छ भने रास्वपा चुनाव चिन्हले १०७ मत प्राप्त गरेको छ। त्यसैगरी कांग्रेसले ५७, नेकपा एमाले ३५, आम जनता पार्टीले २६ र नेपाली कम्युनिस्ट पार्टीले १२ मत प्राप्त गरेका छन ।
लगातार चार पटक निर्वाचित भएका साह यश पटक कमजोर देखिएका छ्न । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझ समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
ADVERTISEMENT

