काठमाडौँ — भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउन नपाइने गरी सीमा क्षेत्रमा नेपालका तर्फबाट गरिएको कडाइप्रति भारत सरकारले चासो देखाएको छ ।भारतको विदेश मन्त्रालयले यस विषयमा नेपाल सरकारसँग कुराकानी भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सीमावर्ती क्षेत्रमा भइरहेको पछिल्लो गतिविधिबारे भारत सरकार जानकार रहेको बताएका छन् । 'हामीले केही रिपोर्टहरू हेरेका छौं । भन्सार शुल्कसम्बन्धी पुरानै प्रावधान हो । त्यसलाई नेपालले अहिले लागू गर्न खोजेको छ,’ मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भनेका छन्, 'नेपालको उक्त कदम अनौपचारिक व्यापार तथा तस्करीलाई नियन्त्रणका लागि उठाइएको कदम हो, भन्ने हाम्रो बुझाई हो । भारतबाट नेपालतर्फ आफ्नो निजी घरायसी प्रयोजनका लागि लगिने समानमा होइन भन्ने हो ।’
नेपालका एकजना वरिष्ठ अधिकारीले दिएको बयानले निजी तथा घरायसी प्रयोजनका लागि लगिएको सामानलाई लिएर त्यस्तो कदम नउठाइने भनेको प्रसंगसमेत उनले जोडेका छन् ।मधेश प्रदेशका नेपाल प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले सर्वसाधारणले घरायसी प्रयोजनका लागि सामान ल्याइरहेका व्यक्तिलाई नरोक्न भिडियो सन्देश दिएका छन् । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता जयसवालले यस मुद्दामा नेपाल सरकारसँग कुराकानी भइरहेको जानकारी दिए ।
ADVERTISEMENT

