काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले किसान पेन्सन योजनाको खोजी गरेका छन् । सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यसको खोजी गरेका हुन् ।सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकिसकेको छ । यसका साथै अब रासायनिक मलको उपलब्धताको लागि काम गर्नुपर्ने उनको आग्रह छ । सिंचाइ सुविधा नपुगेका ठाउँमा सेवा पुर्याउन सरकारले बजेट ल्याउनुपर्ने माग राखेका छन् ।
कृषिमा विधुतीकरण हुन बाँकी रहेको विषय पनि उनले बताए । यी पृष्ठभूमि राख्दै उनले किसानको पीडा सरकारले ख्याल गर्न सक्नुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘कृषि बीमा लगायत मलखाद्यको सुनिश्चितता गरियोस् । साथै, किसान पेन्सन योजना पनि लागू गरियोस् ।’

