काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार नेपाल पुलिस क्लबले संकटा क्लबलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दुई विदेशी खेलाडीको गोलमा पुलिसले संकटालाई २-१ ले हरायो ।खेलको आठौं मिनेटमै मोसेस ट्वुमले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।तर २३औं मिनेटमा संकटाका निशान खड्काले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए ।
ADVERTISEMENT

