काठमाडौं। माओवादी र सरकारको सशस्त्र युद्धका क्रममा भएका विभिन्न घटनालाई समयक्रमसँगै बिर्सन खोजिएको भन्दै सरोकारवालाले त्यसो नगर्न आग्रह गरेका छन् । काठमाडौं स्मृति घोषणापत्र जारी गर्दै उनीहरुले विगतका हिंसापीडित र सम्बन्धित पात्रहरुबारे इतिहास राखिनुपर्ने माग गरेका हुन् ।बुधबार र बिहीबार राजधानीमा आयोजित प्रथम राष्ट्यिर स्मृति सम्मेलनपछि उनीहरुले स्थानीय सरकार समेतलाई पुराना सम्झनाहरु सुरक्षित गर्न, स्कुलमा पाठ्यक्रम बनाएर पढाउन आह्वान गरेको आयोजक राष्ट्रिय स्मृति सन्जालका राम भण्डारीले बताए ।
ADVERTISEMENT

