
देशभरका सडक मर्मत गर्ने जिम्मा सडक विभाकको मात्र नभएको उल्लेख गर्दै उनले सडक जहाँ खाल्डो परेपनि सडक विभागले गाली खानु परेको उनको गुनासो छ ।यसैगरी सडक बोर्डका अध्यक्ष गणेश बहादुर केसीले स्थानीय सरकारले आर्थिक वर्ष २०८०/८१ मा करिब १८ हजार किलोमिटर सडक मर्मत गर्ने लक्ष्य लिएकोमा ३० प्रतिशत मात्रै मर्मत भएको बताए । उनले सडक विभागले भने लक्ष्यको ८१ प्रतिशत सडक मर्मत गरेको जिकिर गरे । सडक मर्मत समयमा नहुँदा उपभोक्ता मारमा पर्नुका साथै सरकारको अर्थतन्त्रमा समेत प्रभाव परेको बताए ।'हामीले बाटो राम्रो बनायौँ भने अर्थतन्त्रको विकास हुन्छ । तर समयमा सडक मर्मत नगर्दा ३/४ गुणा महँगो खर्च बेहोर्नुपर्ने हुन्छ ,' उनले भने ।साथै बोर्डले सडक प्रयोगकर्ता बाटै राजस्व संकलन गरेर सडक मर्मतका लागि बोर्डले नीतिगत व्यवस्था गरेको उनको भनाइ छ ।