मुम्बई । बलिउडकाभाइजान सलमान खानकोघरबाहिर आइतबार बिहानै भएको गोली प्रहारको जिम्मा ग्याङ्स्टार लरेन्स विश्नोईका भाईले लिएका छन् । आइतबार ४ बजेर ५५ मिनेटमा बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई बाइक सवारले ६ राउण्ड गोली हानेका थिए । आक्रमणकारीहरूले हावामा गोली हानेर भागेका थिए ।
लरेन्स विश्नोईका भाइ अनमोल विश्नोईले अभिनेताको घर बाहिर आफूले गोली चलाएको बताएका छन् । आक्रमणको दाबी गरिएकको पोस्ट सामाजिक सञ्जालमाम भाइरल भइरहेको छ । खानको घरभित्र गोली भेटिएको दाबी मुम्बई प्रहरीको अपराध शाखाका एक अधिकारीले गरेका छन् । यसअघि नै अक्रमणको पछाडि लरेन्श विश्नोईको हात हुन सक्ने अड्कलबाजी आइरहेको थियो । सुरक्षा एजेन्सीहरूले यस मामिलामा लरेश विश्नोईसँग पनि सोधपुछ गर्न सक्ने बताइएको छ ।
‘हामी शान्ति चाहन्छौं, उत्पीडनविरुद्धको निर्णय युद्धबाट गर्नुपर्छ भने युद्धै सही,’ पोष्टमा भनिएको छ । हवाई फाइरिङ आफ्नो शक्ति प्रदर्शन गर्ने टे«लर भएको पोष्टमा भनिएको छ । सलमानले आफूहरूको ताकत कस्तो रहेछ भन्ने बुझुन् अनि ताकत जाँच्ने चेष्टा नगरुन भन्नका लागि सो फाइरिङ गरिएको पनि पोष्टमा उल्लेख गरिएको छ ।

