
विश्व खेलकुदमा स्कीसम्बन्धी खेल सुरु भएको सय वर्ष पुगेको अवसरमा यी दुई संस्थानको झन्डासहित फुन्जुले सगरमाथा आरोहण गर्न लागेकी हुन् ।यसअघि पनि सगरमाथाको सफलतापूर्वक आरोहण गरिसकेकी फुन्जले कीर्तिमान समयमा त्यस आरोहणलाई पूरा गरेकी थिइन् ।बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक संघका महासचिव निलेन्द्रराज श्रेष्ठसँगै स्की संघका पदाधिकारीको उपस्थिति थियो ।