काठमाडौँ — भारोत्तोलनका खेलाडी सागर भण्डारीले थाइल्यान्डको फुकेटमा हुने आईडब्लूएफ वर्ल्डकप २०२४ मा आफ्नो चुनौती पेस गर्ने भएका छन् । प्रतियोगिता मार्च ३१
मा सुरु भइसकेको छ र यो अप्रिल ११ सम्म चल्नेछ ।
ओलम्पिक छनोट पनि रहेको यस प्रतियोगितामा सागरले १ सय ९ केजीमाथिको तौल समूहमा खेल्नेछन् । सागरसँगै तीन सदस्यीय टिममा प्रशिक्षक जीवन गौत्तम र व्यवस्थापक रामसुन्दर श्रेष्ठ रहेका छन् ।नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार आयोजित विशेष कार्यक्रमबीच उनको बिदाइ गरे । त्यस अवसरमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोससँगै अन्य पदाधिकारीको उपस्थिति थियो ।
