
सभापति सिंहले व्यवसायीहरूले घर,खेत धितो राखेर उद्योग सञ्चालन गरी रहेको बताए । उनले राज्यले उद्योग सञ्चालन गर्ने हाइड्रो व्यवसायीहरूलाई बाधा अवरोधमा अलमल्याउँदा उद्योगबाट पलायन हुनुपर्ने अवस्था आउनसक्ने बताए । उनले देश बचाउने लागि पनि उद्योगी व्यवसायी बाहेक अन्य विकल्प नभएको बताए ।
सभापति सिंहले देश बचाउने र बनाउने वर्ग ऊर्जा व्यवसायीहरू भएको भन्दै निर्माण व्यवासायीहरुको जस्तो अवस्था जलविद्युत व्यवसायीले पनि भोग्नुपरे राम्रो भविष्य नभएको बताए । उनले सरकारले ८ देखि १० वटा ठुला हाइड्रो पावरहरू मुलुकमा बनाउनसके लाखौं युवा शक्ति पलायन हुनबाट रोक्न सकिने बताए । उनले अहिलेकै अवस्थामा विदेश पलायन हुने हो भने केही वर्षमा इन्जिनियर लगायतका जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्था आउने बताए । उनले व्यवसायी र युवालाई मुलुकमा रोक्नु दायित्व पनि सरकारको भएको बताए । उनले निजी क्षेत्र एक ढिका हुन आवश्यक रहेको बताए ।