जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई
zeenepal
२०८१ बैशाख १६,
3
Shares
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठले पाएका छन् ।पार्टीका अध्यक्ष उपेन्द्र यादव विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन शनिबार अमेरिका गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
अध्यक्ष यादवले आफू स्वदेश नआउञ्जेलसम्मको लागि पार्टीको कार्यवाहक अध्यक्ष भइ कार्य गर्न श्रेष्ठलाई जिम्मेवारी तोकेका हुन् । अध्यक्ष यादवको अनुपस्थितिमा श्रेष्ठले नै कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउँदै आएका छन् ।