विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको पुत्ला जलाएको छ ।असंवैधानिक रुपमा नयाँ सरकार आह्वान गरेको विरोधमा बिहीबार बेलुका खापुङको पुत्ला जलाएको हो ।
बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् भने हिक्मत कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट हालेका छन् ।
ADVERTISEMENT

