
कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र क्षेत्रलाई साथ र सहयोगको आवश्यक रहेको बताए । उनले चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रका लागि सक्दो सहयोग गरिरहेको पनि बताए । उनले नेपाली चलचित्र क्षेत्रलाई विश्वव्यापीकरण गर्न आफूहरू लागिरहेको बताए ।अध्यक्ष केसीले नयाँ चलचित्र ऐन बन्न नसक्दा कतिपय समस्या आइरहेको बताए ।