जिल्ला प्रहरी कार्यालय सिरहाभित्र मृत भेटिइन् प्रहरी जवान
zeenepal
२०८१ जेष्ठ ३१,
18
Shares
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् ।कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।
सुनार अपराह्न ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए । उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।