वीरगंज - पर्सा जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ११ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।
फैसला कार्यान्वयन विशेष टोलीले माघ २३ देखि २४ गतेसम्मको अभियानमा फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई माघ २४ गते पर्सा जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरिक्षक किसोर लम्साले जानकारी दिए ।
पक्राउ परेकाहरूविरुद्ध विभिन्न मुद्दामा जरिवाना तथा कैद सजाय तोकिएको थियो। अदालतको निर्देशनअनुसार फैसला कार्यान्वयनका लागि थप कारबाही प्रक्रिया अघि बढाइएको छ ।
ADVERTISEMENT
