काठमाडौं १३ असार।नेकपा एमालेकी सांसद नवीना लामाले हैजा रोग न्यूनिकरण तथा नियन्त्रणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् ।सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनता त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताएकी हुन् ।उनले काठमाडौंमा विशेषगरी बालबालिकाहरुमा हैजाको समस्या देखा परेको भन्दै महंगीको बेलामा सामान्य जनताको सुलभ उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् ।
सांसद लामाले सरकारले हैजाको बारेमा मूल्यवृद्धिको चापमा परेका जनताको समस्यालाई बुझेर उपचार हुने व्यवस्था गर्नुपर्ने बताइन् । ‘अहिले विशेषगरी बच्चाहरुमा झाडापखाला, हैजा जस्ता रोग लागिरहेको छ । त्यो पनि काठमाडौंका बच्चाहरूमा धेरै देखिएको छ । यसको बारेमा सामान्य जनताले यस्तो महंगी र मूल्यवृद्धिको बेलामा चुलो बाल्न मुस्किल भएको बेलामा यस्तो रोग आउँदा उपचार पाउँछ कि पाउँदैन ? यस्तो त्रासमा जनता छन् । सरकारको योजना के छ ? त्यसको बारेमा गम्भीर बन्नुपर्छ,' सांसद लामाले भनिन् ।
ADVERTISEMENT