जनकपुरधाम । २९ दिनदेखि आन्दोलनरत चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरूले खानेपानी माग्दै जनकपुरधाममा प्रदर्शन गरेका छन् ।शुक्रबार ‘सरकार पानी देऊ’ ‘चुरे दोहन बन्द गर’ ‘खोलाको अवैध उत्खनन बन्द गर’ लगायत नारा लेखिएका घैँटा, प्लाकार्डसहित जनकपुरको जनकचोकदेखि मुख्यमन्त्री कार्यालयसम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री सिंहले मधेश सरकारको अधिकार क्षेत्रअन्तर्गत पर्ने माग पूरा गर्न प्रयास गर्ने आश्वासन दिएका छन् ।चुरे बचाऊ अभियन्ताहरूले सप्तरीको भरदहदेखि पद यात्रा गरी काठमाडौं पुगेर पनि २९ दिनदेखि आन्दोलन जारी राखेका छन् ।
ADVERTISEMENT