
समितिले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो । समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले ने परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गर्ने निर्णय भएको बताइन् ।निकट भविष्यमै हुन लागेको भनिएको प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले चासो राख्दै आएको छ ।