
महामन्त्री थापाले पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान आग्रह पनि गरे । २०८० माघमा सम्पन्न महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने अवधि तोकेको उनले स्मरण गराएका थिए ।आदिवासी जनजाति महासंघले गुट, उपगुटबाट मुक्त भएर महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै थापाले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र नसके स्वस्थरुपमा लोकतान्त्रिक अभ्यास गर्नुपर्ने बताए ।