
हामी यो समाजलाई रूपान्तरण गर्न चाहन्छौँ, समाजवादी दिशामा जान चाहन्छौँ, त्यसका लागि समाजवादी संस्कृतिको विकास गर्न चाहन्छौँ, पुँजीवादी संस्कृतिका बिरुद्धमा समाजमा रहेका सबै विसंगति र विकृतिका विरुद्धमा व्यक्तिहरुमा रहेको व्यक्तिवाददेखि लिएर चरम महत्त्वाकांक्षादेखि लिएर अनेकौँ खालका त्यस्ता गलत प्रवृत्तिका विरुद्धमा हामी नयाँ सांस्कृतिक जागरण पैदा गर्न चाहन्छौँ।
यो सांस्कृतिक जागरणको अभियन्ताका रूपमा तपाईंहरूले नयाँ नयाँ गीतहरूको रचना गर्नुपर्छ । नयाँ-नयाँ नाटकहरूको रचना गर्नुपर्छ । नयाँ-नयाँ विधाका योग्य र सक्षम युवाहरूलाई अगाडि बढाउनुपर्छ,' अध्यक्ष नेपालले भने । अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाप्रति गौरववोध गर्नुपर्ने बताए ।