काठमाडौँ । नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिमा पुनः सदस्यहरू थपिएका छन् । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै ५१ जनाको नाम थप भएको जानकारी दिए । सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा देहायका व्यक्तिहरूलाई आज मनोनयन गर्नु भएको छ विज्ञप्तिमा उनले लेखेका छन् ।