
उनले भने, ‘देश असफलताको तदारमा छ । बर्बाद हुँदैछ । जनता केही पनि होइनन् भन्ने सन्देश गएको छ । दुई दलका प्रमुख नेता, दुई नेताको सत्ता स्वार्थले मेरो विचारमा लाज पनि लजाएको छ । विश्वासमाथि पनि विश्वास छैन । जनतालाई एउटा वाचा गरेर काम अर्को गर्दा आउने पुस्ताले के सिक्ने तपाईँहरूबाट ? यसको प्रश्न सोध्दा जनतालाई अराजक देख्छ ।’
वर्तमान सरकार र दलहरूले जनतालाई सहज जीवनयापन नदिने भन्दै अध्यक्ष साहले तेस्रो जनअन्दोलनको आवश्यकता रहेको बताए । आम जनता पार्टीको केन्द्रीय समितिको बैठक मंगलबार र बुधबार चल्ने कार्यतालिका रहेको छ । बैठकले सडक आन्दोलनका केही कार्यक्रम बनाउने पनि अध्यक्ष साहले बताए ।