काठमाडौँ । बाबा राम देवको निमन्त्रणामा चितवनको भरतपुर महानगरपालिका मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल भारत पुगेकी छिन् । पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री समेत रहेकी दाहाल पतञ्जलि योग पीठका रामदेवद्वारा प्रवर्द्धित ‘हाम्रो स्वाभिमान ट्रस्ट’ द्वारा आयोजित तिज कार्यक्रममा सहभागी हुन भारतको राजधानी नयाँदिल्ली पुगेकी हुन् ।
दाहालको सचिवालयका अनुसार कार्यक्रममा भाग लिएर उनी आइतबार स्वदेश फर्किँदै छिन् ।मेयरज्यू नयाँदिल्लीमा नेपालीहरूले आयोजना गरेको तीजमा भाग लिन भारत जानुभएको हो । त्यहाँ आयोजित ‘हरितालिका तीज महोत्सव २०८१’ मा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ’, सचिवालयका एक सदस्यले भने ।उक्त कार्यक्रममा रामदेव, आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लगायतको उपस्थिति रहेको बताइएको छ ।

