काठमाडौँ — जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि जिल्ला अदालतले बुधबार यस्तो आदेश गरेको हो । जिल्लाको यो आदेशपछि महरा थुनामै बस्ने भएका छन् ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको जिल्ला अदालतका सूचना अधिकार दिपक श्रेष्ठले जानकारी दिए ।महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बयान भएको थियो । बहस नसकिएपछि उनलाई हिरासतमै फर्काएर बुधबार थुनछेक बहस भएको थियो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले माओवादी केन्द्रका नेता महरालाई आइतबार पक्राउ गरेको थियो । सोमबार अभियोगपत्रसाथ जिल्ला अदालत पेस गरिएको थियो ।महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । ५ चैत २०८० उनी छुटेका थिए भने पुरक अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।
ADVERTISEMENT

