
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुङ्गानाले अवकाश पाउँदै छन् । परिषद्ले उनीहरूको पदमा पनि सिफारिस गर्ने निष्कर्ष निकालेको थियो । परिषद् उच्च स्रोतका अनुसार सर्वोच्चको हकमा सिफारिस भएको छ । सङ्ख्या अहिले खुलाउन नमिल्ने बताएको छ। परिषद्ले केही बेरमा औपचारिक जानकारी दिने र त्यसमा नाम र सङ्ख्या खुल्ने भन्दै उच्च स्रोतले सर्वोच्चको हकमा रिक्त न्यायाधीश सिफारिस भएको जानकारी दिएको हो ।
बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा न्यायाधीशको नाममा छलफल थालेपछि बारले विरोध स्वरूप परिषद् घेराउ गर्दै धर्ना दिएको थियो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गैरसंवैधानिक रुपमा बलजफती न्यायाधीश नियुक्तिको कोसिस भएको भन्दै विरोध भएको थियो । अवकाशमा जान लागेका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले परिषद्को बैठक बोलाएर नाममै छलफल थालेपछि बारले नाराबाजीसहित धर्ना सुरु गरेको हाे । परिषद्ले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी गरेपछि बारले न्याय परिषद् नियमावलीलाई लिएर विरोध गरेको थियो ।