काठमाडौं । चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर आइपुगेका पर्वतारोहीहरूलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ।सोमबार नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष समारोहको आयोजना ९ जना विश्वकीर्तिमानी आरोहीहरूलाई भव्य स्वागत गरेको हो।विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बनेकी दावा याङ्जुम शेर्पा, विश्वकै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका १८ वर्षीय निमा रिञ्जी शेर्पा, ८ हजार मिटरभन्दला अग्ला १४ वटा हिमालहरू ५०औं पटक आरोहण गरेका तथा अक्सिजनबिना ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू छोटो समयमा आरोहण गर्न सफल निर्मल पुर्जालाई भव्य रुपमा स्वागत गरिएको छ ।
यसका साथै उनीहरूको स्वागतका लागि नेपाल नेशनल माउन्टेन गाइड एशोसियशन, मगर संघ, गुरूङ संघ, शेर्पा टुरिजम् इन्टरप्रेनियर्स एशोसियशन अफ नेपाल, सेभेन समिट ट्रेक्सलगायत विभिन्न संघ संस्थाबाट प्रतिनिधिहरू विमानस्थल पुगेका थिए ।कीर्तिमानी आरोहीहरूको स्वागतमा विमानस्थल परिसरमा विभिन्न समुदायका मानिसहरू आफ्नो पहिचान झल्किने भेषभूषामा उपस्थित भएका थिए।

