राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गर्न थाले केन्द्रीय नेताहरु धमाधम
zeenepal
२०८१ कार्तिक ८,
126
Shares
काठमाण्डौं, कार्तिक : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायत अन्य संघसंस्थाका दर्जनौं केन्द्रीय पदाधिकारी र नेताहरु राजेन्द्र महतो नेतृत्वको नवगठित राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गर्न थालेका छन् ।नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता तथा ललितपुरबाट निर्वाचित संविधानसभा सदस्य योगेन्द्र घिसिङ र नागरिक उन्मुक्ति पार्टीकै बागमती प्रदेश समितिका अध्यक्ष दल बहादुर तामाङ, सोही पार्टीकै केन्द्रीय सचिवालय सदस्य ओम प्रकाश चौधरी राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित भएका हुन् ।
लोसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्वकेन्द्रीय राज्यमन्त्री एवं पूर्वप्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीसमेत राष्ट्रिय मुक्ति क्रान्तिमा समाहित भएका छन् ।यस्तै, जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय महासचिव प्रेम प्रसाद राई आफ्ना दर्जनौं समर्थकसहित महतोको क्रान्तिमा समाहित भएका छन् । सबै नेताहरुलाई खादामाला लगाई क्रान्तिका अध्यक्ष महतोले पार्टी प्रवेश गराए ।राष्ट्रिय मुक्ति क्रान्ति गर्ने उद्देश्यका साथ कदममा कदम मिलाएर अघि बढ्न अग्रसर सबै जना नेताहरुको उज्वल भविष्यको कामना गर्दै अन्य क्रान्तिकारी योद्धाहरूलाई समेत पार्टीमा प्रवेश गर्न महतोले आह्वान गरेका छन् ।