पाँचथर बम विस्फोटमा मृत्यु भएका साँवा परिवारलाई सरकारले आर्थिक सहायता दिने
zeenepal
२०८१ कार्तिक ९,
18
Shares
काठमाडौं । पाँचथरमा भदौ दोस्रो साता द्वन्द्वकालीन बम विस्फोटमा परी ज्यान गुमाएका नाबालक दाजुबैनीको परिवारलाई सरकारले आर्थिक सहायता दिने भएको छ ।भदौ १४ गते पाँचथरको फालेलुङ गाउँपालिका-५, डाँडागाउँका दिप्सन साँवा र प्रिन्सा साँवाको बम विस्फोटमा मृत्यु भएको थियो ।कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले साँवा परिवारलाई एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
खेल्ने क्रममा दिउँसो करिब ३ बजे भएको विष्फोटमा ४ जना बालबालिका परेका थिए । घर नजिकै अम्रिसो बारीमा भेटिएको वस्तुलाई खेलौना जस्तो ठानेर बालबालिकाले खोल्न खोज्दा विस्फोट भएको थियो । त्यसमा अढाइ वर्षीया प्रिन्सा सावा र ११ वर्षीय दिप्सन गम्भीर घाइते भएका थिए ।घाइते साँवा दाजुबैनीलाई उपचारका लागि अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरुको मृत्यु भएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्ले उनीहरुको उपचारमा लागेको खर्चको बिलका आधारमा बढीमा ५ लाख रुपैयाँसम्म सहायता दिने निर्णय गरेको हो ।